सुनचाँदीकाे मूल्य बढ्यो, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको हो ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार आठ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार पाँच सय रुपैयाँ थियो ।

मंगलबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँ र चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको थियो ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार पाँच सय रुपैयाँ थियो ।

आज चाँदीको तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला ११ सय ६५ रुपैयाँ पुगेको छ । मंगलबार यसको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७