थपिए ३ सय ९१ जना कोरोना संक्रमित

काठमाडाैं । नेपालमा थप ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ५ सय ६२ पिसिआर परिक्षणका क्रममा ३ सय ४० जना र १ हजार ४ सय १९ एन्टीजेन परिक्षणका क्रममा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण बुधबार कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै, थप ४६ संक्रमित निको भएका छन् ।

हाल नेपालमा २ हजार २ सय ७६ सक्रिय संक्रमित आइसाेलेशनमा रहेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७