इटहरीकी युवतीसँग फेसबुकमा चिनजान, चितवनमा भेट, पाेखरा लगेर बलात्कार

काठमाडाैं । फेसबुकबाट भएको चिनजान बलात्कारसम्म पुगेपछि एक युवा प्रहरी हिरासतमा पुगेका छन् ।

युवतीलाई फेसबुकमार्फत चिनजान गरेर भेट्न बोलाइ बलात्कार गरेको आरोपमा प्रहरीले नुवाकोट घर भइ राजधानीमा व्यवसाय गर्दै आएका मधुसुदन पाण्डेलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मधुसूदनले इटहरीकी युवतीलाई भेट्न बोलाए । सहमतिअनुसार एक्लै युवती चितवन आइन् । यस्तै, अरु तीन जना साथीसहित काठमाडौंबाट चितवन पुगेका मधुसूदनले युवतीलाई घुम्ने बहानामा असार २२ गते त्यहीँबाट पोखरा लगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पोखरा लगेपछि चारै जना पोखरास्थित सहारा होटलमा बास बसे । सो क्रममा मधुसुदन र अर्का एक जनाले उनलाई बलात्कार गरेको युवतीको आरोप छ ।

घटनापछि युवतीले काठमाडौं आएर प्रहरी वृत्त मालीगाउँमा आफू बलात्कृत भएको उजुरी दिएकी थिइन् । उजुरी लगत्तै प्रहरीले पाण्डेलाई राजधानीको बालाजुबाट असार २५ गते पक्राउ गरेको हो ।

पक्राउपछि उनलाई कारबाही प्रक्रियाका लागि पोखरा लगेर अनुसन्धान भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुन्दर तिवारीले अभियुक्तमाथि बलात्कार मुद्दामा म्याद थप भएर अनुसन्धान भइरहेको बताए ।

यस्तै, बलात्कारमा संलग्न भनिएका अर्का एक जनासहित पाण्डेसँग गएका ४ जना फरार रहेका छन् । उनीहरुको खोजीकार्य जारी रहेकाे प्रहरीकाे भनाइ छ ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७