
काठमाडाैं । नेपालमा थप ४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार १ सय ६८ पिसिआर परिक्षणका क्रममा ३ सय ८४ जना र १ हजार ६ सय ७० एन्टीजेन परिक्षणका क्रममा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, थप ८० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ३ सय ८ जना निको भएका छन् ।
हाल नेपालमा २ हजार ८ सय ४१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।