नागरिकता विधेयकले देशकाे अस्तित्वमाथि प्रश्न उठाएकाे छ : ज्ञानेन्द्र शाही

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवम् सुशासन विभाग प्रमुख ज्ञानेन्द्र शाहीले सरकारले ल्याएको नागरिकता विधेयकमाथि पूर्ण असहमति जनाएका छन् ।

उनले विवाह गरेर नेपाल आउनेबित्तिकै विदेशी महिलाले नागरिकता पाउने व्यवस्था गलत रहेकाे बताएका हुन् ।

नागरिकतासम्बन्धी यस्तो प्रावधानले राष्ट्रमा दीर्घकालीन असर पार्ने उनकाे भनाइ छ । उनले भने, ‘हरेक नेपाली नागरिकले सहज र सरल किसिमले नागरिकता प्राप्त गर्न पाउनुपर्छ । विदेशी महिलाले नेपालमा विवाहपछि तुरुन्तै नागरिकता प्राप्त गर्ने व्यवस्थाले राष्ट्रियता माथि र देशकाे अस्तित्व माथि प्रश्न चिन्ह खडा हुन्छ । यसले राष्ट्रमा ठूलाे असर गर्छ ।’

सरकारले शुक्रबार प्रतिनिधिसभाको बैठकबाट नागरिकतासम्बन्धी विधेयक पारित गरेपछि यो विषय आलोचित बनेकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१