यी हुन् गतवर्ष सबैभन्दा बढीलाई वैदेशिक रोजगारीमा पठाउने २० म्यानपावर कम्पनी

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा ८११ वटा म्यानपावर कम्पनीले नेपालीहरुलाई वैदेशिक रोजगारीमा पठाएको पाइएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार उनीहरुले ५ लाखभन्दा बढीलाई नेपालबाट विभिन्न देशमा रोजगारीको लागि पठाएका छन् ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष नेपालबाट वैदेशिक रोजगारीको सिलसिलामा सबैभन्दा बढी कामदार पाराडाइज इन्टरनेसनल प्रा.लि.ले पठाएको छ । पाराडाइजले एक वर्षको अवधिमा ६ हजार ५५ जनालाई नेपालबाट वैदेशिक रोजगारीमा पठाएको छ ।

पाराडाइजलेपछि सबैभन्दा बढीलाई वैदेशिक रोजगारीमा पठाउनेमा एसओएस म्यानपावर सर्भिस प्रा.लि. रहेको छ । एसओएसले गत वर्ष ५ हजार ७२४ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ ।

वैदेशिक रोजगारीमा सबैभन्दा बढी पठाउने सूचीको तेस्रो र चौथौं नम्बरमा अक्सफोर्ड इन्टरनेसनल प्रा.लि. र लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस प्रा.लि. रहेका छन् । विभागका अनुसार अक्सफोर्डले ४ हजार १८८ र लिंक इन्टरनेसनलले ३ हजार ६७२ जनालाई विभिन्न देशमा पठाएका छन् ।

यस्तै, डिवान कन्सल्ट्यान्ट्स प्रा.लि.ले २ हजार २७१, फजल इन्टरनेसनल प्रा.लि.ले २ हजार ७६३, साउण्डलाइन्स रिक्रुटमेन्ट प्रा.लि.ले २ हजार ७४२, मोभिरा रिक्रुटमेन्ट कन्सल्टेन्सी सर्भिस प्रा.लि.ले २ हजार ५९० र लक्की एच.आर.सोलुसन प्रा.लि.ले २ हजार ४५९ जनालाई गतवर्ष वैदेशिक रोजगारीमा पठाएको छ ।

विभागको तथ्याङ्कअनुसार गतवर्ष इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.ले २ हजार ३३३, भिजन एण्ड एम्प, भ्यालु ओभरसिज प्रा.लि.ले २ हजार ३०१, एडभान्स्ड म्यानेजमेन्ट कन्सल्टेन्ट्स प्रा.लि.ले २ हजार २३१, मोन्टाज ओभरसिज प्रा.लि.ले २ हजार २१७ र ट्यालेन्ट ओभरसिज् सर्भिसेज प्रा.लि.ले २ हजार १४७ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ ।

अल शाहिद ओभरसिज प्रा.लि.ले १ हजार ९८२, सान नेपाल प्रा.लि.ले १ हजार ९४१, निल कमल ह्युमन रिर्सोस प्रा.लि.ले १ हजार ७९२, सर्पोट ह्युमन रिर्सोसेज प्रा.लि.ले १ हजार ७२९, अल कौसार ह्युमन रिसोर्स प्रा.लि.ले १ हजार ६०५ र ए.एस. इन्टरनेसनल ग्रुप प्रा.लि.ले १ हजार ५९१ जनालाई वैदेशिक रोजगारीमा पठाएको विभागले जनाएको छ ।

विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीमा जान कूल ५ लाख ६७ हजार ८३९ जनाले श्रम स्वीकृति लिएका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७