प्रतिताेला सय रुपैयाँ घट्यो सुनकाे मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक सय रुपैयाँले घटेर ९४ हजार चार सय रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको मूल्य तोलाको ९३ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ । आइतबार छापावाल सुन तोलाको ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको भाउ भने स्थिर छ । चाँदीको भाउ प्रतितोला ११ सय ५५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१