• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनकाे मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य बुधबार पनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९४ हजार र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा दुई सय रुपैयाँले घटेको हो । मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको हो ।