• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

दिल्लीबाट स्वदेश फर्किइन् आरजु

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा स्वदेश फर्केकी छन् ।

भारतमा उपचार सकेर देउवा आइतबार स्वदेश फर्किएकी हुन् ।

आरजुको भारतमा पाठेघरसम्बन्धी रोगको उपचार गरिएको थियो । भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्माले उपचारपछि आरजु स्वदेश फर्किएकी हुन् ।

आरजु गत असार २६ गते उपचारका लागि भारत गएकी थिइन् ।