• २०८३ जेठ २२
  • 2026 June 05, Friday

श्रीमानले करणी गरेको भन्दै श्रीमतीद्वारा उजुरी

वुटवल  । रुपन्देहीमा बैबाहिक बलात्कार बिरुद्धको मुद्धा दर्ता भएको छ ।

तिलोत्तमा नगरपालिकामा एक महिलाले आफ्नै पतिविरुद्ध लामो समय देखी जबर्जस्ती करणी गरेको भन्दै बैबाहिक बलात्कारको मुद्धा दर्ता गराएकी हुन ।

तिलोत्तमा नगरपालिका– १७ निवासी उक्त पुरुष विरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा पुगेर पीडित महिलाले गत मंगलवार आफ्नै पत्नीले बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी हुन्।

डीएसपी ठगबहादुर केसीका अनुसार चौधरी थरकी ती महिलाले ६ महिनादेखि मादकपदार्थ तथा लागूपदार्थ खाएर कुटपिट गर्नाका साथै आफू बिरामी हुँदा पनि श्रीमानले इच्छाविपरीत जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन्।

सो अत्याचारबारे  परिवारजन र आफान्तलाई  जानकारी गराउँदा पनि वास्ता नगरे पछि प्रहरीसमक्ष उजुरी गर्न आएको महिलाले बताएकी छिन् ।  उजुरी लगत्तै सो बारेमा अनुसन्धान जारी राखिएको प्रहरीको भनाई छ ।

आफ्नै पत्नीलाईसमेत  इच्छाविपरीत जबर्जस्ती करणी गरे ५ वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ।