काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता ज्ञानेन्द्र शाहीले जुम्लाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै शाहीले उम्मेदवारी घोषणा गरेका हुन् ।
जुम्लाको आवाज काठमाडौंलाई सुनाउन, जन्मभूमिप्रतिकाे प्रेमका कारण आफूले जुम्लाबाट उम्मेदवारी दिन लागेको उनकाे भनाइ छ ।
आफूलाई नेताहरूले राप्रपाको राम्रो उपस्थिति भएको जिल्लाबाट उठ्न भने पनि आफूले जन्मभूमिबाट नै उम्मेदवारी घोषणा गरेको उनले बताए ।