• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

कमल थापाले गरे राष्ट्रपति भण्डारीकाे कदमकाे स्वागत

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक पुनर्विचारका लागि संसदमा पुनः पठाउने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको स्वागत गरेका छन् ।

नेपाली पुरुषसँग विवाह गरेका महिलालाई समयसिमाको बन्देज बिना नै नागरिकता दिने तथा बावुको पहिचान नखुलेको आमाले स्पष्टीकरण दिनु पर्नेलगायतको विषयलाई सम्बोधन गनुपर्नेलगायत विषयमा प्रश्न गर्दै राष्ट्रपति भण्डारीले विद्येयक संसदमा फिर्ता गरेकी हुन् । सो कदमलाई रापप्रा अध्यक्ष थापाले स्वागत गरेका हुन् ।

‘विभेदकारी र राष्ट्रहित विपरितको नागरिकता विधेयक पुनर्विचारको लागि फिर्ता पठाउने राष्ट्रपतिको निर्णय स्वभाविक छ,’ थापाले स्वदेश फर्केलगत्तै भनेका छन्, ‘राष्ट्रपतिद्वारा संवैधानिक कर्तव्यको निर्वाह भएको छ।’

राष्ट्रपतिले विद्येयक फिर्ता गरेको विषयलाई संघीय संसदले हठ गर्न नहुने भन्दै थापाले सो विषयको निर्णय गर्ने अधिकार नयाँ सरकारलाई दिनुपर्ने सुझाव पनि दिएका छन् । उनले भनेका छन् ‘अब संसदले हठ प्रदर्शन नगरोस्, ढिलो गर्ने काम सरकारले गरेको हो। अब यो विषयको जिम्मा नयाँ जनादेश प्राप्त संसदलाई दिनुपर्छ ।’