• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

पाँचथरमा चार वर्षीया बालिका बलात्कारको आरोपमा ५६ वर्षीय पुरुष पक्राउ

फिदिम । चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरमा एक वयस्क पुरुष पक्राउ परेका छन ।

फिदिम नगरपालिका– ११ फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई ४ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।

शनिबार राती बालिकालाई ललाईफुकाई गरेर बलात्कार गरेको खुलेपछि आफन्तले सोमबार दिएको उजुरीका आधारमा बुढाथोकी पक्राउ परेका हुन् ।

प्रहरीले सो घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।