माओवादीको चुनाव चिन्हबाट निर्वाचनमा उठ्ने प्रक्रिया बुझ्न निर्वाचन कार्यालय पुगे वामदेव

काठमाडाैं । माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुने सहमतिपछि नेता वामदेव गाैतम निर्वाचन आयाेगकाे कार्यालय पुगेका छन् ।

मंगलबार दिउँसाे आयाेगकाे कार्यालय पुगेका उनले माओवादी केन्द्रकाे चुनाव चिन्ह लिएर आगामी संघीय निर्वाचन लड्ने तयारी भइरहेकाे र यसैकाे प्रक्रिया बारे बिषय बुझ्न आएको प्रतिक्रिया दिएका छन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र वामदेव गाैतमले आगामी निर्वाचनमा माओवादी केन्द्रकाे चुनाव चिन्ह हसिया हथाैडा लिएर उठ्ने भएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१