• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

म्याग्दीमा ७ वर्षीया बालिका बलात्कारकाे आरोपमा ४८ वर्षीय पुरुष पक्राउ

म्याग्दी । म्याग्दीमा एक जना ७ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेनी नगरपालिका–४ हरियाली चोक बस्ने ४८ वर्षीय कमल घतानेलाई बुधबार पक्राउ गरको छ ।

घतानेले ती बालिकालाई गत साउन ३१ गते दिउँसो बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिगातातोपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।