६५८ जनामा काेराेना सङ्क्रमण, १ जनाको मृत्यु

काठमाडाैं । देशभर थप ६५८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

६ हजार ६४३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४०५ तथा एन्टीजेन विधिबाट २५३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा थप १ जना सङ्क्रमितको मृत्यु पनि भएको छ । हालसम्म नेपालमा ११ हजार ९९३ जनाले कोभिड–१९ बाट ज्यान गुमाइसकेका छन् ।

त्यस्तै, थप ४५६ जना सङ्क्रमणमुक्त भएका छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २९६ पुगेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१