• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनचाँदीको मूल्य घट्यो, कति छ आजकाे भाउ ?

काठमाडौं । सुनचाँदीको मूल्य घटेको छ । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य अघिल्लो दिनको तुलनामा घटेको हो ।

सोमबार प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा ३०० ले घटेर ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि मंगलबार ५ रुपैयाँले घटेर १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।