• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

नेपाललाई केन्याले दियो २१९ रनको लक्ष्य

काठमाडाैं । केन्याले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई २१९ रनको लक्ष्य दिएको छ । केन्याविरुद्धको एक दिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले २१९ रनको लक्ष्य पाएको हो ।

नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको केन्याले ४८.१ ओभरमा सबै विकेट गुमाएर २१८ रन बनायाे ।

केन्याका लागि रकिप पटेलले ७४ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६७ रन बनाए । यस्तै, कोलिन्स ओबुयाले १ सय १८ बलमा ३ चौका र २ छक्कासहित ६२ रनमा आउट भए ।

नेपालका सोमपाल कामीले १० ओभरमा १ मेडनसहित २९ रन खर्चेर ३ विकेट लिए । करण केसीले ९.१ ओभरमा ३ मेडनसहित ३८ रन खर्चेर ३ विकेट लिए ।

आदिल अन्सारी र पवन सरार्फले एक एक विकेट लिए ।