भारतविरुद्ध टस जितेर फिल्डिङ राज्याे पाकिस्तानले

काठमाडाैं । पाकिस्तानले टि२० एसिया कप २०२२ को सुपर फोर खेलमा भारतविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

भारतले समूह चरणको खेलमा पाकिस्तानलाई ५ विकेटले हराएको थियो । भारत त्यो नतिजालाई निरन्तरता दिन चाहन्छ ।

पाकिस्तान समूह चरणको हारको बदला लिने सोचमा हुनेछ ।

पाकिस्तान र भारतबीच टि२० आईमा हालसम्म १० खेल भएको छ । भारत ८ खेलमा जित र २ मा हार बेहोरेको छ ।

गतवर्ष टि२० विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७