कैलालीको मोहना नदीमा एक किशोरीको शव फेला

कैलाली । कैलालीको मोहना नदीमा एक किशोरीको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका–१३ की १६ वर्षीया आस्था शर्माको शुक्रबार बिहान मोहना नदीमा शव फेला परेको हो ।

घरबाट स्कुल जान्छु भनेर हिँडेकी शर्मा गत सोमबारबाट बेपत्ता भएकी थिइन् ।

बेपत्ता शर्माको खोजीका लागि आफन्तले प्रहरीलाई जानकारी गराएपछि उनको खोजीका लागि प्रहरी टोली खटिएको थियो ।

खोज्ने क्रममा आज उनको शव भारततर्फको हल्दुघाटस्थित मोहना नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।

उनले लगाएको ट्रयाकको गोजीमा आस्था शर्मा लेखिएको कागज फेला परेकाले पहिचान खुलेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७