
काठमाडाैं । नेपाली सेनाले ठूलो संख्यामा सैन्य पदमा दरखास्त माग गरेको छ ।
देशभरका २० वटा व्यारेक र गुल्मबाट दरखास्त दिन सकिने गरी नेपाली सेनाले कुल चार हजार सैन्य पदका लागि दरखास्त आव्हान गरेको हो ।
दरखास्त भदौ २४ देखि असोज २३ गतेसम्म दिन सकिने नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग,जंगी अड्डाले जनाएको छ ।
दोब्बर दस्तुर तिरेर असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ ।