
काठमाडाैं । बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ छ ।
मंगलबार छापावाल सुनको मूल्य ९३ हजार ५०० र तेजाबी सुनको ९३ हजार रुपैयाँ थियाे ।
यस्तै, बुधबार चाँदीको मूल्य १० रुपैयाँ घटेको छ । महासंघकाअनुसार बुधबार चाँदीको मूल्य ११ सय ७५ रुपैयाँ छ ।
मंगलबार चाँदीकाे मूल्य ११ सय ८५ रुपैयाँ कायम थियो ।