थपिए १ सय २६ जना कोरोना संक्रमित

काठमाडाैं । नेपालमा थप १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ६ सय ७४ पिसिआर परीक्षणका क्रममा ७५ जना र २ हजार १ सय १६ एन्टीजेन परिक्षणका क्रममा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन ।

त्यस्तै थप १ सय ३७ संक्रमित निको भएका छन् । हाल नेपालमा २ हजार १ सय २९ सक्रिय संक्रमित आइशोलशेनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१