
काठमाडौं । भारतलाई हराएर नेपाल छैटौं महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सेमिफाइनल खेलमा नेपालले भारतलाई १-० गोलले पराजित गरेको हो।
नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गरेकी थिइन् । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेकी हुन् ।
यसअघि भुटानमाथि जित निकालेर बंगलादेश फाइनलमा पुगेको छ । फाइनलमा नेपाल र बंगलादेश भिड्नेछ ।