• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

काठमाडौं महानगरमा आजदेखि सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने

काठमाडौं  । काठमाडौं महानगरपालिकामा सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने भएको छ।

महानगरपालिकाको ११ औं अधिवेशनले सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यन्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार शनिबारदेखि सार्वजनिक स्थानमा चुरोट, बिँडी, सिगार, तमाखु सुल्पा, कक्कडका साथै कच्चा सुर्ती, खैनी, गुट्खालगायत पदार्थ सेवन गर्न निषेध गरेको हो।

कानून उल्लंघन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलबाट निकाल्ने वा एक सय रुपैयाँसम्म जरिबाना गर्ने महानगरले जनाएको छ।