• २०८३ जेठ २२
  • 2026 June 05, Friday

अछाम पहिरोमा मृत्यु भएका २३ जनाको सामूहिक दाहसंस्कार

अछाम । बाढी र पहिरोमा परी २३ जनाको ज्यान जाने गरी भएको घटनाका कारण अछाम शोकमग्न भएको छ ।

शुक्रबार रातिको अविरल वर्षका कारण अछामका विभिन्न ठाउँमा बाढी र पहिरोमा परी एक जना गर्भवती महिला, १७ बालबालिकासहित २३ जनाको ज्यान गएको थियो ।

परिवार पुरै सखाप हुने गरी भएको घटनाका कारण अछाम शोकमग्न भएको हो।

पहिरोमा परी मृत्यु भएकाको जिल्ला अस्पतालको चिकित्सक सहितको टोलीले सम्बन्धित ठाउँमा नै पोष्टमार्टम गरिदिएपछि उनीहरूको आज सामूहिक दाहसंस्कार गरिएको अछाम प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले बताए ।

जिल्लाको कमलबजार नगरपालिका ६ विपथमा ७ जना, बडा नम्बर ८ ढाँकुमा ५ जना, तुर्माखाँद ५ नाडामा ९ जना र ढकारी ६ ढुंगाचाल्ना र वडा नम्बर १ रिमामा एक/एक जना गरी २३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

कमलबजार ६ विरपथकी २० बर्षीया धना जनाला ६ महिनाकी गर्भवती रहेकी र पेट काटेर छोरा गर्भमा रहेको पाइएको पनि प्रहरीले जानकारी दिएको छ ।

मानवीय क्षति नै ठूलो भएको र भौतिक क्षति समेत ठुलो नै भएको त्यसको विवरण सङ्कलन कार्य जारी रहेको डिएसपी डाँगीको भनाइ छ । पहिरोमा परी घाइते ११ जना मध्ये तीन जनाको सुर्खेत र बाँकीको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ ।

याे पनि : अछाम पहिरोमा मृत्यु भएका २३ जनाकै सनाखत