तोलामा चार सय रुपैयाँ घट्याे सुनकाे भाउ, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ ।

आज सुन तोलाको ९१ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।

तोलामा १० रुपैयाँ घटेको चाँदीको भाउ १ हजार १ सय ७५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७