
काठमाडाैं । काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोलीले कमलपोखरी क्षेत्रमा साेमबार पनि टुकुचा उत्खनन् सुरु गरेको छ ।
महानगरपालिकाको डोजर सहितको टोलीले सोमबार हात्तीसार-कमलपोखरी क्षेत्रमा पुगेर उत्खनन् जारी राखेको हो ।
महानगरले यसअघि जय नेपाल हल र कमलादीस्थित लक्ष्मी बैंक नजिक र हात्तिसार क्षेत्रमा टुकुचा उत्खनन् गर्दा भेट्टाएको थियो । अहिले महानगरले टुकुचाको वैधानिक प्रमाण खोजिरहेको छ ।
उच्च अदालत पाटनले टुकुचा खोला अतिक्रमण गरी निर्माण भएका संरचना नहटाउन अल्पकालीन आदेश दिए पनि काठमाडौं महानगरले आफ्नो काम जारी राखेको छ ।