• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

नेपाल बंगलादेशसँग ३-१ ले पराजित

काठमाडाैं । साफ महिला फुटबलको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको हो । बंगलादेशलाई जित दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई गोल गरिन् । शामसुनाहरले एक गोल थपिन् ।

नेपालकी अनिता बस्नेतले एक गोल फर्काइन् ।

साफ महिला फुटबलमा नेपाल फाइनलमा पराजित भएको यो पाँच पटक हो ।

बंगलादेशले छैटाैँ संस्करणकाे साफ महिला च्याम्पियनसिपकाे उपाधि जितेर नयाँ इतिहास रचेकाे छ ।