• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

पर्सामा चट्याङ लागेर एक बालकको मृत्यु, तीन जना घाइते

वीरगन्ज । पर्सामा चट्याङले लागेर एक बालकको मृत्यु भएको छ भने तीन जना घाइते पनि भएका छन्।

सोमबार बिहान वर्षासँगै खसेको चट्याङले लागेर वीरगन्ज महानगरपलिका वडा नम्बर २ छपकैयाका राम प्रसाद उपाध्यायका छोरा १५ वर्षीय सिद्धान्त उपाध्यायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए।

छपकैया ईदगाह चोक स्थित छठ घाट पोखरी नजिकैको चौरमा क्रिकेट खेलिरहेको अवस्थामा चट्याङ खसेको थियो। त्यसक्रममा सिद्धान्त सहित फुलनेसा खातुन र भिखारी राउतको १३ वर्षीय छोरा अर्जुन राउत घाइते भएका थिए।

उनीहरुलाई उद्धार गरेर उपचारका लागि नारायणी अस्पताल पुरयाउदा सिद्धान्तको मृत्यु भईसकेको जानकारी अस्पतालले दिएको प्रवक्ता गिरीले बताए।

घाइते मध्ये अर्जुनको अवस्था गम्भिर छ। उनलाई थप उपचारका लागि नेशनल मेडिकल कलेजमा लगिएको छ। घाइते फुलनेसाको अवस्था भने सामान्य रहेको र उनको नारायणी अस्पतालमै उपचार भइरहेको छ।