• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

कैलालीमा जीपको ठक्करबाट घाइते भएका पैदल यात्रुको मृत्यु

धनगढी । कैलालीमा जीपले ठक्कर दिएर घाइते भएका एक जना पैदल यात्रुको मृत्यु भएको छ। सोमबार गोदावरीधाम नजिकै ग १ ज ६८५५ नम्बरको जीपले ठक्कर दिदा गोदावरी नगरपालिका–१ को भालुखोला बस्ने अन्दाजी ४५ वर्षीय सेकुराम चौधरीको मृत्यु भएको हो।

प्रहरीका अनुसार जीपको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो। यस्तै जीपसहित चालक बाजुराको बडीमालिका नगरपालिका–६ बस्ने २६ वर्षीय गणेश बडुवाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।