• २०८३ जेठ २२
  • 2026 June 05, Friday

थप ५३ जनामा कोरोना संक्रमण, ८४ जना निको

काठमाडौ । नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर ८ सय २५ पिसिआर परिक्षणका क्रममा ३९ जना र १ हजार ७ सय ९९ एन्टीजेन परिक्षणका क्रममा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ८४ संक्रमित निको भएका छन् । हाल नेपालमा १ हजार १ सय ७८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।