• २०८३ जेठ २२
  • 2026 June 05, Friday

डेंगीबाट साढे २ महिनामा देशभर ३२ जनाको मृत्यु

काठमाडाैं । देशभरि अहिले डेंगीको प्रकोप बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनयता २५ हजार ५ सय ४३ जनामा डेंगीको संक्रमण देखिएको छ ।

संक्रमितमध्ये ३२ जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै डेंगी सक्रमण बागमती प्रदेशमा देखिएको छ । बागमती प्रदेशमा मात्रै १९ हजार ९ सय १० जनामा संक्रमण देखिएको छ ।

बागमतीपछि लुम्बिनी प्रदेशमा डेंगीका संक्रमित धेरै छन् । लुम्बिनीमा २ हजार ८ सय ८७ जनामा संक्रमण देखिएको छ ।

अरू प्रदेशमा भने संक्रमितको संख्या एक हजारभन्दा कम छ ।