• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

काठमाडौंदेखि धादिङ जाने बस नचल्दा यात्रुहरू अलपत्र

काठमाडाैं । बढी भाडा असुलेको भन्दै प्रहरीले कारबाही गरेपछि यातायात व्यवसायीहरूले काठमाडौंदेखि धादिङ जाने बस नचलाउँदा यात्रुहरू अलपत्र परेका छन् ।

बिहीवार बिहानैदेखि व्यवसायीहरूले बस चलाएका छैनन् । जसका कारण माछापोखरीस्थित धादिङ बसपार्कमा यात्रुहरूको घुँइचो लागेकाे छ ।

यस्तै, काठमाडौंबाट धनगढी जाने बस पनि यातायात व्यवसायीहरूले चलाएका छैनन् ।

व्यवसायीहरूसँग छलफल गरी विवाद मिलाउने प्रयास भइरहेकाे काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीले जानकारी दिए ।