• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनचाँदीकाे मूल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुन प्रति तोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी प्रति तोला १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार १४५ रुपैयाँमा कारोबार भएको थियो ।