• २०८३ असार १६
  • 2026 June 30, Tuesday

गण्डकी प्रदेशमा कोजाग्रत पूर्णिमाको दिन सार्वजनिक विदा

पर्वत । गण्डकी प्रदेश सरकारले असोज २३ गते कोजाग्रत पूर्णिमाको दिनमा सार्वजनिक विदा दिएको छ।

प्रदेशको आन्तरिक मामिला मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीका अनुसार गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्ले २०७८ चैत १८ मा नै यसबारे निर्णय गरेको थियो।

गत वर्षको निर्णय प्रदेश राजपत्रमा प्रकाशन भई सार्वजनिक विदा सम्बन्धी सूचनामा राखिएकाले सोही राजपत्रको आधारमा कोजाग्रत पूर्णिमाको दिनमा सार्वजनिक विदा दिइएको हो।

गण्डकी प्रदेशका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरू असोज २४ गते सोमबारदेखि सञ्चालनमा आउने भएका छन्।