• २०८३ असार ३
  • 2026 June 17, Wednesday

माओवादीको समानुपातिक बन्दसूचीबाट उपाध्यक्ष महराको नाम हटाइयो

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ ।

निर्वाचन आयोगले समानुपातिकको बन्द सूचीमा रहेकाहरूको नाम सच्याउन दिएको अन्तिम समयमा आएर महराको नाम हटाएको हो ।

महराको नाम हटाइएको माओवादी स्रोतले पुष्टि गरेको छ । तर महरा प्रत्यक्ष चुनाव नलड्ने भएका छन् ।

२०४८ सालदेखि लगातार टिकट पाएका र जितेका महरालाई समानुपातिकमा राखिएकोमा आलोचना भएको थियो ।

महराकै इच्छामा नाम हटाइएको स्रोतले जनाएको छ ।