• २०८३ असार १६
  • 2026 June 30, Tuesday

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं  । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–३ का २३ वर्षीय गुड्डु राना र पछाडि सवार पुनर्वास नगरपालिका–१० का २२ वर्षीय विशाल रानाको मृत्यु भएको हो।

गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

पुनर्वास नगरपालिकाको अमरबस्तीस्थित धनगढी–बेलौरी हुलाकी सडक खण्डमा गएराति ११ बजे ​से ७ प ४७६५ नम्बरको मोटरसाइकल विद्युको पोलमा ठोक्किएको हो।