• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

विश्वकप फुटबलमा सुरक्षा सहयोग गर्न कतारमा टर्कीले सेना पठाउने

एजेन्सी । कतारमा हुने विश्व कप फुटबलमा सुरक्षा सहयोग गर्न टर्कीले सेना पठाउने भएको छ। टर्कीको संसदले सो सम्बन्धी कानुन बुधबार पास गरेको हो। टर्कीले आफ्नो सेना कतार पठाउने विषयमा संसदमा प्रस्ताव ल्याएको र सो सम्बन्धी प्रस्ताव टर्कीको प्रहरीले पास गरेको हो।

कतारमा हुन गइरहेको विश्व कप फुटबलमा सहयोगका लागि टर्कीले सेना पठाउन लागेको हो। कतारले टर्कीसँग सेनाको सहयोगका लागि अनुरोध गरेको थियो र कतारमा हुने विश्वकप फुटबलमा सहयोगका लागि टर्कीले सेना पठाएको भएको हो। सो सहयोग सम्बन्धी प्रस्ताव टर्कीको संसदमा गत शनिबार प्रस्तुत गरिएको र मङ्गलबार सो प्रस्ताव पारित भएको हो।

उक्त प्रस्ताव अनुसार टर्कीले कतारमा छ महिनासम्मका लागि सेना पठाउने भएको छ । टर्कीले कतारमा के कतिजना सेना पठाउने भन्ने बारेमा भने केही बताइएको छैन।