• २०८३ असार १६
  • 2026 June 30, Tuesday

डिभी चिट्ठाको आवेदन खुल्यो

काठमाडौं  । अमेरिकाले सन् २०२४ का लागि डीभीको आवेदन खुला गरेको छ।

गएराति राति ९ः४५ बजेबाट खुला भएको आवेदन २२ कात्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।

आवेदनका लागि https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारी प्रविष्ट गर्नुपर्नेछ।

स्पोन्सरलगायत कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने दूतावासले जनाएको छ।