• २०८३ असार १६
  • 2026 June 30, Tuesday

चन्द्रागिरिमा पहिरोले पुरिएर एकै परिवारका तीनजनाको मृत्यु

काठमाडौं  । काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु भएको छ।

चन्द्रागिरि नगरपालिका–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको हो।

पहिरोमा पुरिएर काभ्रेका ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी छोरी सारथि श्रेष्ठको मृत्यु भएको वडा नम्बर २ का वडाध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए।