काठमाडौं । नेकपा एमालेकी नेतृ गंगा चौधरी स्वतन्त्रबाट चुनाव लड्ने भएकी छन् । चौधरीले आज सामाजिक सञ्जाल फेसवुकमा एक स्टाटस पोष्ट गर्दै आफु स्वतन्त्र उम्मेदवार भएर जनतामाझ जान लागेको घोषणा गरेकी हुन् ।
‘आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहने छु जनता भगवान हुन जनता नै सर्वपरि हुन देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउदैछु हजुरहरुको साथ चाहिएको छ ।’ उनले लेखेकी छन् ।
