काठमाडौँ ।कञ्चनपुरका एमाले नेता खेम सुवेदीले पार्टी परित्यागको घोषणा गरेका छन् । आसन्न निर्वाचनमा टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै सुवेदीले पार्टी परित्याग गरेका हुन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र १ बाट उनले उम्मेदवारी दाबी गरेका थिए । तर पार्टीले उनको ठाउँमा तारा लामा तामाङलाई टिकट दिएपछि उनले रुष्ट हुँदै पार्टी छाडेका हुन् । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीलाई राजीनामापत्र लेख्दै सुवेदीले अब आफू स्वतन्त्र भएको समते उल्लेख गरेका छन्।