बुटवल । नेकपा एमाले छाडेका घनश्याम भूसाल रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवार बन्ने भएक छन् । उनले आज मनोनयन दर्ता गराउदै छन् । स्वतन्त्रबाट उम्मेदवारी दिए पनि उनलाई सत्तागठबन्धनको समर्थन रहेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उनलाई आफ्नै पार्टीबाट उठ्नका लागि शनिबार प्रस्ताव गरेका थिए । नेता भूसालले आफू कुनै पनि पार्टीमा नजाने भनेपछि दाहालले उक्त क्षेत्रमा आफ्नो दलको कुनै उम्मेदवारी नरहने प्रतिबद्धता जनाएको नेता भूसालले आइतबार पत्रकार सम्मेलनमा जानकारी दिए ।
भूसाललाई गठबन्धनको तर्फबाट सघाउनका लागि दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले समेत आग्रह गरेका थिए । देउवा पनि यसमा सकारात्मक भएर समर्थन जनाएका छन् । नेता भूसालले आफू कुनै पनि पार्टीमा अब प्रवेश नगर्ने र वाम आन्दोलनलाई एकता गर्ने अभियानमा खटिने जानकारी दिए ।