काठमाडाैं । प्रभु साहले नेकपा एमालेले दिएको टिकट अस्वीकार गरेर स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
एमालेले जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गरेसँगै रुष्ट बनेका उनले रौतहटको क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
जसपाले पाएको सबै क्षेत्रमा पनि उनको समूहले स्वतन्त्र उम्मेदवारी दिएको छ ।
२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका साह नेकपा विभाजनपछि एमालेमा बसेका थिए ।