• २०८३ असार ३
  • 2026 June 17, Wednesday

नौ जना निर्वाचित हुने कास्कीमा ११० जनाको मनोनयन दर्ता

पर्वत  । प्रतिनिधि सभामा तीन जना र प्रदेश सभामा ६ जना गरी नौ जना निर्वाचित हुने कास्कीमा एक सय १० जनाले मनोनयन दर्ता गराएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीका अनुसार निर्वाचन क्षेत्र नं। १ मा प्रतिनिधि सभाका लागि राजनीतिक दलबाट १४ जना र स्वतन्त्र पाँच जना गरी कुल १९ जनाले उम्मेदवारी दिएका छन्। प्रदेश सभा ‘क’ मा राजनीतिक दलबाट छ जना र स्वतन्त्रबाट तीन जना गरी नौ जना तथा प्रदेश सभा ‘ख’ मा राजनीतिक दलबाट आठ जनाको उम्मेदवारी परेको छ।

यस्तै, निर्वाचन क्षेत्र नं। २ मा प्रतिनिधि सभाको सदस्य बन्नका लागि राजनीतिक दलबाट १३ जना र स्वतन्त्रबाट पाँच जना गरी १८ जनाको मनोनयन दर्ता भएको छ। उक्त क्षेत्रको प्रदेश सभा ‘क’ मा राजनीतिक दलबाट सात जना र स्वतन्त्रबाट चार जना गरी ११ जना तथा प्रदेश सभा ‘ख’ मा राजनीतिक दलबाट छ जना र स्वतन्त्रबाट तीन जना गरी नौ जनाको उम्मेदवारी परेको छ।

निर्वाचन क्षेत्र नं। ३ बाट प्रतिनिधि सभामा राजनीतिक दलबाट नौ जना र स्वतन्त्र रूपमा नौ जना गरी १८ जनाको मनोनयन दर्ता भएको छ। सोही क्षेत्रको प्रदेश सभा ‘क’ मा राजनीतिक दलबाट सात जना र स्वतन्त्र तीन जना गरी १० जनाको तथा प्रदेश सभा ‘ख’ मा राजनीतिक दलबाट आठ जनाको उम्मेदवारी परेको छ।