• २०८३ असार १३
  • 2026 June 27, Saturday

स्वास्थ्यमा सुधार नभएपछि सत्यमोहन जोशीलाई आइसियुमा सारियो

काठमाडौँ  ।  डेंगु संक्रमण भई ललितपुरस्थित किष्ट मेडिकल कलेजमा उपचार गराइरहेका संस्कृतिविद् तथा वाङ्गमय शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार नभएपछि आइसियु कक्षमा सारिएको छ।

लामो समयदेखि मुटु र प्रोष्टेटको समस्यासँग जुधिरहेका १०३ वर्षीय जोशी असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सीमा उपचारको लागि भर्ना भएका थिए त्यस समयमा रगत परीक्षण गर्दा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो।

त्यसयता उनी त्यहीँ उपचाररत छन्। उनलाई डेंगु संक्रमणले निकै गलाएको भए पनि सुरुका दिनमा स्वास्थ्यमा सुधार भएको थियो तर पछिल्लो तीन/चार दिनदेखि उनमा खानामा पटक्कै रुचि नभएको र बोल्न पनि नसक्ने अवस्थामा रहेको र हाल उनलाई आइसियुमा सारिएको किष्ट मेडिकल कलेजका निर्देशक एवम् प्रा.डा. सुरज बज्राचार्यद्वारा जारी गरिएको उनको स्वास्थ्य बुलेटिनमा उल्लेख गरिएको छ।