• २०८३ असार ४
  • 2026 June 18, Thursday

उम्मेदवारी खारेजीमा परेका गुरुङको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौं ।  उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगेका रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजु गुरुङको रिटमाथिको सुनुवाइ स्थगित भएको छ। सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार गुरुङले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध हिजो दायर गरेको रिट निवेदनको पेशी आज न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा चढेको थियो।

निवेदककै कानुन व्यवसायीको तर्फबाट रिटको सुनुवाई स्थगित गरिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। जिल्ला निर्वाचन अधिकृतको कार्यालयले बैंकिङ कसुर मुद्दामा कालोसूचीमा रहेको उल्लेख गर्दै गुरुङको उम्मेदवारी खारेज गरेको थियो।

आयोगको उक्त निर्णयविरुद्ध गुरुङ रिट लिएर सर्वोच्च पुगेका हुन्। रिट निवेदनमा गुरुङले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गरेका छन्। रुपन्देही २ मा एमालेबाट विष्णु पौडेल उम्मेदवार छन्।