• २०८३ असार ४
  • 2026 June 18, Thursday

मधेशका मुख्यमन्त्रीले बर्खास्त गरे कांग्रेसका मन्त्रीहरू

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका मन्त्रीहरूलाई बर्खास्त गरेका छन्।

संघीय सरकारमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरूलाई हटाएको बदलामा राउतले प्रदेश सरकारमा रहेका कांग्रेसका तीन जना मन्त्रीलाई शुक्रबार हटाएका हुन्। प्रदेश सरकारमा कांग्रेसका रामसरोज यादव भौतिक पूर्वाधार तथा यातायात, वीरेन्द्र सिंह महिला बालबालिका तथा खेलकुद र ओमप्रकाश शर्मा खानेपानी तथा ऊर्जा मन्त्री थिए।

मुख्यमन्त्री राउतले बिहीबार बेलुका नै तीनै जनालाई फोन गरी राजीनामा गर्न आग्रह गरे पनि नमानेपछि तीनै जनालाई बर्खास्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।

‘तीनै जनालाई पदमुक्त गरिएको पत्र मुख्यमन्त्रीज्यूले प्रदेश प्रमुखज्यूलाई पठाउनुभएको छ। रिक्त भएका तीनै मन्त्रालय अब मुख्यमन्त्रीज्यू आफैंले सम्हाल्नुहुनछ,’ स्रोतले भन्यो।