• २०८३ असार ४
  • 2026 June 18, Thursday

समानुपातिक निर्वाचनका लागि १८ जिल्लामा मतपत्र ढुवानी

काठमाडौं  । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको ४ करोड ६ लाख ५ हजार मतपत्र छापेको छ।

प्रतिनिधि सभातर्फको समानुपातिक प्रणालीका लागि २ करोड ४ लाख २१ हजार मतपत्रको छपाइ सम्पन्न भएको आयोगले जनाएको छ।

आयोगकाअनुसार ७ वटै प्रदेशका लागि समानुपातिकतर्फको २ करोड १ लाख ८४ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ। पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आज (असोज २९ गते) सम्म १७ लाख मतपत्र छपाइ भएको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतपत्र ढुवानी भइरहेको छ। हालसम्म खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लामा उक्त मतपत्र ढुवानी भएको छ।